नेहा कक्कडलाई बुहारी बनाउन चाहन्छन् उदित नारायण, खोले रहस्य

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : ५०


 इण्डियन आइडल ११ मा आदित्य नारायण र नेहा कक्कडको विवाहलाई लिएर रचिएको टीआरपीको खेल सकिएको छ। तर फ्यानले आज पनि यो जोडीलाई सँगै देख्न चाहन्छन्। 

इण्डियन आइडलमा नेहा र आदित्यको नक्कली विवाह भएपछि गायक उदित नारायणको अपेक्षा पनि बढेको छ। हाल एक अन्तवार्तामा उदित नारायणले नेहालाई बुहारी बनाउने रहर व्यक्त गरेका छन्। 

उनले भने, मैले सबै नेहाको नाम लिएर छोरालाई चिढाउने गर्छु । र चाहन्छु पनि यी दुईले अब विवाह गरुन। तर आदित्यले आफ्नो करियरमा ध्यान दिन चाहन्छन्। 

मैले उनलाई विवाहका लागि कर गरेपनि आदित्य करियरमा ध्यान दिन लागिरहेका छन्। नेहा पनि टप गायिका हुन र राम्रो काम गरिरहेकी छिन्। दुबै आफ्नो करियरमा व्यस्त भएका कारण विवाहको फैसला लिन सकेका छैनन्। 

उदितले नेहालाइ बुहारी बनाउन चाहेपनि छोरा आदित्यले भने आफ्नी प्रेमिकासँग विवाह गर्न चाहेका छन्। केही दिनअघि मात्रै नेहाले आदित्यले आफ्नो प्रेमिकासँग विवाह गर्ने तयारी गरेको खुलासा गरेकी थिइन्।    
 


प्रतिक्रिया दिनुहोस्