एआइजी बढुवाका लागि तीन डिआइजी सिफारिस

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १ : ०५


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा तीन प्रहरी नायव महानिरीक्षक(डिआइजी) को नाम सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डीआईजीत्रय तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरी बहादुर पाललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेका हो ।

बरिएता अनुसार पहिलोमा लम्साल, दोस्रोमा थापा र तेस्रोमा पाललाई बढुवाको लागि सिफारिस गरिएको छ । बढुवा सुचीको पहिलो नम्बरमा रहनुभएका तारिणी लम्साल हालका प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुर ज्ञवालीसँगै २०४७ असार २५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गर्नुभएकाे हाे ।

पहिलो नम्बरमा एआईजी बढुवामा सिफारिस हुनुभएका लम्सालले ३० बर्से सेवा हदका कारण आगामी असार २४ मा आइजिपी ज्ञवालीसँगै अनिवार्य अवकाश पाएपछि भावी आइजिपी को लागि थापा र पालबिच प्रतिस्पर्धा हुनेछ । उहाँहरू दुबै जना २०४९ वैशाख १९ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएकाे हाे । थापा नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ भने पाल विशेष ब्युरोको प्रमुख हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्