दिल्ली हिंसा : ११ दिन अघि बिहे गरेका युवकलाई गोलीहानी मारियो

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १२ : ४५


नयाँ दिल्ली । उत्तर पूर्वी दिल्लीमा हिन्दु र मुस्लिम समुदाय बीच भड्किएको हिंसामा मृत्यु हुनेहरूको सङ्ख्या ३४ नाघेको छ। 

नागरिकता संशोधन विधेयकलाई लिएर गत शनिवार देखि सुरु भएको हिंसा पछिल्ला ४ दिनसम्म जारी रह्यो। अझै पनि तनाव सेलाएको छैन।

पछिल्ला चार दिनमा भएका हिंसामा धेरैको घरबार भाँडिएको भएको छ।

धेरै परिवार अभिभावक विहीन भएका छन् र शोकमग्न छन्।

साम्प्रदायिक दङ्गामा मारिनेमा हिन्दु र मुस्लिम दुबै समुदायका मानिस छन्। मृतकमा प्रायः तीस वर्ष वरिपरिका उमेर समुहका मानिस रहेका छन्।

धेरै जसो परिवारका लागि कमाउने एकल जिम्मेवारी बोकेका युवा थिए भने कोही विवाहित र साना बालबच्चाहरूका बुबा।

हिंसामा मारिएका एक युवकको त करिब १० दिन अगाडि मात्रै विवाह भएको थियो। 

बीबीसी हिन्दीका अनुसार अशफाक हुसेन नाम गरेका ती मुस्लिम युवकलाई छातीमा गोली हानेर हिंस्रक समुहले मारेको आफन्तहरूले बताएका छन्। 

अशरकका आफन्त हाजरा भन्छिन्, 'उनी अगाडि उभिएका थिए  मानिसहरुको समुह आयो र उनको छातीमा गोली प्रहार गरे।'

'ती मानिसहरुले मेरो छोरोको छातीमा ५ गोली हाने। आखिर उसले के नै बिगारेको थियो ? उसले हामीलाई मात्र समस्यामा छोडिदियो। हामीले बच्चाहरूलाई दुःख गरि हुर्कायौं। तिनीहरू आए र हाम्रा बच्चाहरूलाई एक छिनमै मारेर गए ..उनीहरूलाई दया लाग्दै न?

परिवारका अनुसार अशफाकको विवाह फेब्रुअरी १४ तारिखमा भएको थियो।

हाजरा रुँदै अगाडि भन्छिन्, 'तपाई आफै भन्नुहोस् त उनकी ११ दिनकी श्रीमतीले अब के गर्छिन् ? ..कहाँ जान्छिन् उनी?

अशफाकका आफन्तहरूका अनुसार उनको छातीमा गोली हानिएको थियो र पछि घाँटीमा तरबार लगाइयो।

आफन्तहरूका अनुसार उनी त्यस दिन काममा गएका थिए। र यो दुर्घटना भएको समयमा उनी कामबाट फर्कँदै थिए।

दिल्लीमा फैलिएको हिंसा नियन्त्रणका लागि भारतले प्रयास जारी राखेको जनाएको छ।

यो पनि

दिल्ली हिंसा : ढुङ्गाले हानेर खुफिया अधिकारीको हत्या, नालीमा भेटियो शव
दिल्ली हिंसा : मस्जिदमा तोडफोड गर्दै कसले राख्यो भारतीय झण्डा ?
 


प्रतिक्रिया दिनुहोस्