जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : ५४


काठमाडाैं । चन्द्रागिरी नगरपालिका-४ खरिबोटबाट सिम्रिक मोटरपार्टस पसलमा जुवातास खेलिरहेको अबस्थामा पसल संचालक सोही ठाउँ बस्ने बिजय प्रकाश श्रेष्ठ सहित ५ जनालाई नगद ७९ हजार ९ सय ८० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्