कोरोना भाइरसको त्रास : जापानका सबै विद्यालयमा छुट्टि दिइयो

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : ४६


टोकियो । कोरोना भाइरसको संक्रमण फैलिएपछि जापनाले सबै सार्वजनिक विद्यायलमा बिदा दिएको छ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने बताइएको छ।

जापानका प्रधानमन्त्री आबेले बालबालिकाहरुको स्वास्थ्य र सुरक्षालाई सबै भन्दा प्राथमिकतामा राखेर यस्तो घोषणा गरिएको बताएका छन्।

जापानमा दुई बालबालिकासहित २ सय मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि त्यहाँको सरकारले उक्त घोषणा गरेको हो।

उक्त घातक भाइरसबाट जापानमा ४ जनाको मृत्यु भइसकेको छ ।

जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ। प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ।

चीनबाट संसारभर कोरोना भाइरस फैलिएपछि विभिन्न देशहरुले सतर्कता अपनाउँदै आएका छन्।

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ।

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्‍कालीन योजना बनाएको घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्