अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण छैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : २०


काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिशन माग्दै गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे मुख खोल्नु भएको छ ।

उक्त प्रकरणमा मौन बस्नु भएका प्रधानमन्त्री ओलीले बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा बाँस्कोटाको खुलेरै बचाउ गर्नुभयो।

प्रधानमन्त्री ओलीले उक्त टेप बाँस्कोटाको भएको प्रमाणित नभएको समेत बताउँनु भयो।

उहाँले भन्नुभयो  ‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन,’

प्रधानमन्त्री ओलीले अख्तियारमा परेको उजुरीलाई पत्रु उजुरीको संज्ञा दिनुभयो । 

उहाँले भन्नुभयो, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’

नेताहरु विरुद्ध षडयन्त्र भइरहेका प्रधानमन्त्रीको आरोप छ ।

'हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो। सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गनुभयो ।

‘मैले कसैको डिफेन्ड गर्न खोज्या होइन। गोकुल बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुन्छ,’ ओलीले भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस्