दाङमा दुइवटा बँदेल बेवारिसे अवस्थामा फेला

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १० : ५७


दाङ । दाङको लमहीमा बेवारिसे अवस्था दुइवटा भाले बँदेल फेला परेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग, लमही नगरपालिका वडा नम्बर ७ पदमेनी खोला नजिकै बिहान करिब ६ बजे कर्री सामुदायिक वन क्षेत्रमा दुइवटा भाले बँदेल फेला परेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीन बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्जुनखोला सिमा सुरक्षा सशस्त्र प्रहरी बलले खबर गरेपछि घटनास्थलमामा टाेलि पुगेकाे थियाे । पूर्वपश्चिम महेन्द्र राजमार्ग क्रस गर्ने बेला अज्ञात सवारी सानधनले ठक्करबाट एउटा मृत र अर्को गम्भिर घाइते भएको अनुमान गरिएको छ । बेवारिसे अवस्थामा फेला पारेको दुइवटा भाले बँदेल अन्दाजी ६५ किलो रहेको अनुमान गरिएको प्रमुख बिडारीले जानकारी दिनुभयो ।

घाइते बँदेललाई घोराही भेटनरीमा उपचार तथा चेकजाँच पहिला लमही सव डिभिजन वन कार्यालयमा राखिएको छ भने मृत बँदेललाई कार्यालयको कम्पाउण्डको पछाडि गाडिएको छ । सवारीसाधनको थप अनुसन्धान तथा खोजतलास जारी रहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस्