प्रियंका कार्की र आयुष्मानबीच कानुनी विवाह सम्पन्न

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १० : ५६


काठमाडौं । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहिबार काननी रुपमा विवाह गरेका छन्। 

जिल्ला अदालत ललितपुर पुगेर यो जोडीले विवाह गरेको हो । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए। 

नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन्।

कानुनी रुपमा आज बिहे गरेर सामाजिक रुपमा यो जोडीले शुक्रबार बिहे गर्दैछ।

उनीनीहरुले प्रेम सम्बन्धमा रहेको ३ वर्षपछि र इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन्।

यो पनि
प्रियंका–आयुष्मान विवाह बन्धनमा
 


प्रतिक्रिया दिनुहोस्