गत फागुन ५ गते र १२ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक (सूचीसहित)

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १० : ३०


काठमाडाैं । गत फागुन ५ गते र १२ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएका छन । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्णयहरू सार्वजनिक गरिएकाे हाे । 
सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका अर्थमन्त्री युवराज खतिवडाले निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।

सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले छन् । त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नियुक्ति पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्