पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने सरकारको निर्णय

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १० : २१


काठमाडौं । सकारकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। 

बिहिबार सरकारका प्रवक्ता युवराज खतिवडाले सरकारका निर्णयबारे जानकारी दिँदै विकास कर थप ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो। 

तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि उक्त पद म्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका हुन्।

फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको थियो।

योसँगै पेट्रोल र डिजेलमा विकास कर १० रुपैयाँ हुनेछ। 


प्रतिक्रिया दिनुहोस्