आज पनि बढ्यो नेप्से, नयाँ रेकर्ड कायम

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ५२


काठमाडौँ । आज बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा बढेको छ । नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो । नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ ।

बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढी हो । सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भए नयाँ रेकर्ड कायम भएको हो । दिनभर भएका ३५ हजार ४ सय ६७ काराेबारबाट एक कराेड ८ लाख ५९ हजार ६ सय कित्ता सेयर किनबेच भएर नयाँ रेकर्ड कायम भएकाे हाे । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ ।

यस कम्पनीको बिहीबार २८ करोड ९२ लाख रुपैयाँ भन्दा धेरै रकमको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआइशी एशिया बैंक र एनएमबि बैंक देखिएको छ । यि बैंकहरुको क्रमशः २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँ र १५ करोड ७० लाख ६१ हजार २ सय ३८ रुपैयाँको सेयर बिनबेच भएका छन् ।


प्रतिक्रिया दिनुहोस्