नयाँ पार्टी खोल्ने निर्णयबाट पछि हटे रमेश खरेल !

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ४२


काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ। 

‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका हुन ।

खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो। तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् । 

खरेलले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्