प्रभु शाहलाई नेता चौधरीको काउन्टर – ‘रिसइबी पोखेर स्थापित हुन्छु भन्ने भ्रम फाले हुन्छ’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ०४


काठमाडौं । सत्तारुढ दल नेकपाका युवा नेता मनोज चौधरीले वरिष्ठ नेता माधव नेपाललाई पार्टी भित्रैबाट षड्यन्त्रमुलक रुपमा बदनाम गर्ने खेल भइरहेको बताउनु भएको छ।

स्वच्छ छवि बनाएका र हालसम्म कुनै अपारदर्शी प्रकरणमा नमुछिएका नेता नेपाललाई बालुवाटार काण्डमा मुछेर बदनाम गर्न सकिन्छ कि भनेर पार्टी भित्रैका केही व्यक्ति सक्रिय रहेको आरोप लगाउनु भयो।

नेकपाका प्रदेश नम्बर २ का संयोजक प्रभु शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले भन्नु भयो, 'नेता नेपाल विरुद्ध बोलेर आफू मधेसमा स्थापित हुन्छु भनेर केही मानिसले रिसइबी पोख्दै आएका आएका छन, यो उनीहरूको दिवास्वप्न मात्रै हो।'

कुण्ठा र विरोध प्रवृतिले अन्ततः पार्टी एकतालाईनै कमजोर बनाउने र पार्टीमा विभाजन ल्याउने नेता चौधरीको बुझाई छ।

'नेता नेपाल कहिल्यै रक्सी खादैनन दुखको कुरा उनैलाई होलीवाइन खाएको गलत आरोप लगाइयो।' उहाँले भन्नुभयो 'बालुवाटार प्रकरणमा भ्रष्टाचारबारे सत्यतथ्य बाहिर आउनुपर्ने माग गर्दै आएका उनै नेतालाई बदनाम गर्न आज षड्यन्त्रकारी समुहले प्रपञ्च रच्दैछ।'

जति सुकै षड्यन्त्र गरेपनि सत्यले जितेरै छाड्नै नेता चौधरीको विश्वास छ। नेता चौधरीले अगाडि भन्नुभयो, 'छानबिनमा दोषी देखिए माधव नेपालमाथि कारवाही हुनुपर्छ। तर, हुँदै नभएको विषयलाई लिएर कसैको प्रतिष्ठामा खलल पुर्याउँछु भन्नु रिसइबी बाहेक केही होइन।'

नेता नेपालले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको र आफू दोषी नरहेको बताउँदै आएका छन्। अख्तियारको छानबिनमा समेत नेपाल दोषी देखिएका छैनन्। तर, पनि नेकपा भित्रकै केही जिम्मेवार नेताहरू नेता नेपाल विरुद्ध लागेको नेता चौधरीको आरोप छ।

प्रदेश नम्बर २ का नेकपा संयोजक रहेका नेता प्रभु शाहले केही दिन अघि बालुवाटार प्रकरणमा नेता नेपाल पनि कारवाहीको भागिदार हुनुपर्ने आशयको अभिव्यक्ती दिएका थिए।

पूर्व माओवादी नेता शाहको अभिव्यक्तिले नेकपामा एमाले र माओवादीबीच पार्टी एकता भएपनि मनको एकता नभएको प्रस्ट देखिएको चौधरीले बताउनु भयो।
 


प्रतिक्रिया दिनुहोस्