मिलको फित्तामा बेरिएर ललितादेवी ठाकुरको मृत्यु

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : ४६


काठमाडाैं । मिलको फित्तामा बेरिएर पर्सामा एक महिलाको ज्यान गएको छ । बिहान करिब ९ बजेतिर पर्साको धोबिनी गाउँपालिका– ३ की ४२ वर्षीया ललितादेवी ठाकुरको मिलको फित्तामा बेरिएर मृत्यु भएको हो । मिलमा धान कुट्ने क्रममा ठाकुरको लुगा मिलको फित्तामा बेरिए बेरिएपछि ठाकुर लतारिनुभएकाे थियाे ।

सोही क्रममा मिलको पट्टामा बेरिएर ठाकुरको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । यस विषयमा अन्य आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्