नेकपा (माले) का महासचिव सीपी मैनाली सवार कार दुर्घटना

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : २१


काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा घाइते हुनुभएकाे छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । उहाँ बा ४ च २१२० नम्बरको कारमा सवार हुनुहुन्थ्याे ।

बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार उहाँको भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्