छोरीको शवमा टाँसिदै रोएका बाबुमाथि बर्सियो प्रहरीको लात, भिडियो भाइरल

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ५३


छोरीको शवमा टाँसिदै रोएका बाबुमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

घटना भारतको हैदराबादस्थित पतंचेरु भन्ने स्थानको हो। पतंचेरुमा नारायण जूनियर कलेजमा ११ मा पढ्ने किशोरीले २६ फेब्रुअरीमा आत्महत्या गरिन्। परिवारले कलेजमाथि अपेक्षा र लापरवाहीको आरोप लगाएका छन्। 

संध्या रानी नामकी १६ वर्षीया छोरीको शवमा टाँसिदै बाबु चन्द्रशेखर रोइरहेका थिए। छोरीको शव राखिएको बक्समा टाँसिदै रोइरहेका बाबुलाई त्यहाँबाट हटाउन प्रहरीले उनीमाथि लात हानेको छ। प्रहरीले ती बाबुमाथि लात हान्नुका साथै घिसार्दै गरेको दृष्यपनि भिडियोमा देख्न सकिन्छ। 

भिडियो भाइरल भएपछि प्रहरीले गरेको दुव्र्यवहारको चौतर्फी विरोध भएको छ। शवलाई पोष्टमार्टमका लागि लैजान खोज्दा बाबुले रोक्न खोजेपछि प्रहरीले उनीमाथि दुव्र्यवहार गरेको हो।


प्रतिक्रिया दिनुहोस्