व्यवसायीमाथि सामूहिक बलात्कारको आरोप लगाउने महिलामाथि आक्रमण

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ३२


विवादास्पद व्यवसायी जीतु सोनीसहित ५ जनामाथि सामुहिक बलात्कारको आरोप लगाउने महिलामाथि आक्रमण भएको छ।

घटना भारतको इंदौर भन्ने स्थानको हो। बुधबार इंदौरको संयोगितागंजमा बाइकमा आएका दुई नकाबधारीले महिलामाथि चक्कु प्रहार गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

महिला आफ्ना भाइसँग कुनै कामले बाहिर निस्किएका बेला उनीमाथि आक्रमण भएको बताइएको छ। घाइते युवकलाई नजिकै रहेको अस्पतालमा लगिएको थियो। जहाँ उनलाई १४ टाँका लगाइएको छ। 
प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। सीसीटीभी फुटेजका आधारमा दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ। दुबै व्यक्ति घटनाका समयमा देखिएका थिए। 
व्यावसायी जीतू सोनीमाथि प्रहरीले ५८ घटनामा मुद्दा दर्ता गरेको छ। उनीमाथि सामूहिक बलात्कार, बलात्कार, फिरौती, ब्ल्याकमेल, मानवतस्करीलगायतका आरोप लागेका छन्। जीतू फरार सूचीमा छन्।  


प्रतिक्रिया दिनुहोस्