अवार्डका बारेमा अभिनेत्री तापसी पन्नुले गरिन् यस्तो खुलासा

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ३७


बलिउड नायिका तापसी पन्नु यतिबेला चर्चामा छिन्। उनले अभिनय गरेको फिल्म थप्पड २८ फेब्रुअरीदेखि प्रदर्शनमा आउँदैछ। महिला केन्द्रित यस फिल्मले दर्शको ध्यान तानेको छ। तापसी अहिले चलचित्रको प्रचारमा व्यस्त छिन्।

तापसीले यो चलचित्रबाट पनि अवार्ड पाउने अपेक्षा गरिएको छ। तर, अवार्डमा जे पनि हुन सक्छ भन्ने कुरामा तापसी पनि सजग छिन्। उनले एक अन्तवार्तामा अवार्डका बारेमा एक रहस्य खोलेकी छिन्। उनले आफूले अवार्ड नपाउँदा मन दुखेको कुराको खुलासा गरेकी छिन्। 

उनले भनिन्, ‘अवार्ड नपाउँदा एक पटक मात्र मेरो मन दुखेको थियो, त्यो पिंक रिलिजको समय थियो। म अवार्डको नोमिनेशनमा पनि परेकी थिइनँ। केही अवार्डमा नोमिनेशनमा पर्दा सबैले मलाई अवार्ड पाउँछ्यौ भनेका थिए। तर, मैले अवार्ड पाइनँ।’

उनले भनिन्, 'बलिउडमा पाइला राख्दै गरेकी एक यूवतीको सपना धेरै हुन्छ र साना साना कुराले पनि घोच्छ। मलाई पिंकबाट अवार्ड नपाउँदा यस्तै भएको थियो। यसपछि भने मलाई कुनै पनि कुरामा दुःख लागेको छैन।' 


प्रतिक्रिया दिनुहोस्