कोरोना भाइरसको उपचार सफल, निको भएर घर फर्किए ३२ हजार बढी विरामी

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ०७


काठमाडौँ । तिब्र रुपमा फैलिएको कोरोना भाइरसको उपचार सफल हुँदै गएको छ। ३२ हजार बढी संक्रमित निको भएर घर फर्किएका छन्। 

अहिलेसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमितको स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएका कारण घर फर्काइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

त्यस्तै कोरोना भाइरसका कारण २८ सय चार जनाको ज्यान गएको छ भने ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको समाचारमा उल्लेख छ। चिनमा मात्रै अहिलेसम्म दुई हजार सात सय ४७ जनाको ज्यान गएको छ।

चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ।

चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ।  

चीनको वुहानबाट सुरु भएको कोभिड १९ अर्थात् कोरोना भाइरस अहिलेसम्म ४८ देशमा फैलिएको छ।


प्रतिक्रिया दिनुहोस्