प्रियंका–आयुष्मान विवाह बन्धनमा

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : २८


काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आज विवाह गर्दै छन्। उनीहरुले गतवर्ष नै इन्गेजमेन्ट गरेका थिए ।

यसअघि मंगलबार प्रियंकाको मेहेन्दी र संगीतको आयोजना भएको थियो। आफ्नो मेहेन्दी र संगीतका केही तस्वीरहरु सामाजिक सञ्जाल इंस्टाग्राममा पोस्ट गरेकी थिइन्। 

मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम भएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो। उनको संगीत कार्यक्रममा नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका कलाकार पुगेका थिए।

यो पनि 

१० तस्वीरमा हेर्नुहोस् नायिका प्रियंका कार्कीको मेहेन्दी र संगीत, विवाह भोलि


प्रतिक्रिया दिनुहोस्