हिजो घटेको सुनको मूल्य आज कति ? हेर्नुहोस् सुनको भाउ

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : १९


काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ। 

आज छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया दिनुहोस्