धनुषामा ११ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, भिडियो समेत बनाइयाे

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ४ : ५८


काठमाडाैं । जनकपुरको धनुषामा एक ११ वर्षीया बालिका सामुहिक बलात्कार गर्दै भिडियो समेत बनाइएको छ । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हाे ।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको प्रहरीले जानकारी दिएकाे छ । फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी फोटो र भिडियो समेत खिचेको पीडित परिवारले बताएका छन ।

घटनाबारे कसैलाई भने सामाजिक सञ्जालमा भिडियाे र फाेटाे भाइरल बनाई दिने ती युवकले चेतावनी दिएको पीडित परिवारले बताएका छन् । उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ समेत गरेको छ । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर फरार रहेको प्रहरीले बताएको छ ।

उनको खोजी र घटनाको थप अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्