शास्त्र अनुसार शुक्रबार यी पूजा विधि अप्नाउनुहोस्, घरमा हुन्छ लक्ष्मीको बास

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ४ : ३३


एजेन्सी । तन्त्रशास्त्रको उपायमा कयौँ किसिमका चीजको प्रयोग गरिने गरिन्छ। जसमध्ये एक हो हकीक स्टोन । केही व्यक्तिले यसलाई चमत्कारी पत्थर पनि भन्ने गर्दछन्। देख्दा हकीक मोतीजस्तो देखिने गर्दछ, तर यो धेरै महंगोमा मिल्ने गर्दछ। विभिन्न समस्याका लागि विभिन्न रंगको हकीक स्टोनको प्रयोग गर्न सकिन्छ। ज्योतिषाचार्य प्रवीण द्धिवेदीका अनुसार जानिराखौँ हकीकसँग सम्बन्धीत केही महत्वपूर्ण उपाय 

१) कुनै शुक्रबारको राती कुनै रातो रंगको हकीकको मालाको पुजा गर्नुहोस् र त्यही मालाबाट १०८ पटक ऊं ह्रीं ह्रीं श्रीं श्रीं लक्ष्मी वासुदेवाय नमः मन्त्रको जप गर्नुहोस्। त्यसपछि यस मालालाई लक्ष्मीको मन्दिरमा अर्पित गर्नुहोस्। यसो गर्दा धन योग बन्ने गर्दछ।

२) यदी कुनै काम हुन सकेको छैन भने ११ हकीक स्टोन लिएर भैरव मन्दिरमा चढाउनुहोस् र मन्दिरमा उक्त काम पुरा होओस् भन्ने प्रार्थना गर्नुहोस्।

३) कुनै कुरालाई दिएर डिप्रेशनमा हुनुहुन्छ भने सेतो हकीकको माता लगाउनुहोस्। यसो गर्दा तपाईको समस्या हट्नेछ।

४) गुरु ग्रहसँग सम्बन्धीत दोष हटाउनका लागि पहेलो रंगको हकीकको माला लगाउनुहोस्। 

५) जुन व्यक्तिलाई राति निद्रा लाग्दैन्, नराम्रो सपना देखिन्छ भने उनीहरुले आाफ्नो तकियाको मुनी ११ हकीक राखेर सुत्नुहोस्। यसो गर्दा खराब सपना र निद्रा नआउने समस्या हटेर जाने गर्दछ।

६) यदी कुनै बच्चालाई पटक पटक अरुको नजर लाग्ने गर्दछ भने उसलाई कालो हकीकको माला लगाइदिनुहोस्।

७) गर्भवती महिलालाई नराम्रो शक्तिबाट बचाउनका लागि कालो हकीकको माला लगाउनु पर्दछ।


प्रतिक्रिया दिनुहोस्