गुप्तचरलाई फोन ट्यापिङ सुविधा

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : ३६


काठमाडौँ । फोन ‘ट्यापिङ’को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधवार व्यक्तिगत फोन ‘ट्यापिङ’को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो। 

नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ।

दफा १० को सूचना संकलनसम्बन्धी प्रावधानमा केही शब्द हेरफेरसमिति सहमति जुटेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो।

‘धेरै देशमा फोन ट्यापिङको व्यवस्था छ,’उहाँले भन्नुभयो,‘व्यक्तिगत गोपनियता सुरक्षित राख्ने गरी यो प्रावधान अघि बढाउने सहमति भएको छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्