संकटकालीन अधिकार र राष्ट्रियसभामा सिट संख्या थप्ने प्रस्ताव होइन: प्रेस सल्लाहकार थापा

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : २२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका बारेमा आएका केही समाचारका विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले खण्डन गर्नुभएको छ । 

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रियसभामा सिट संख्या थप्ने जस्ता कुनै पनि प्रस्ताव नराखेको बताउनु भएको छ ।
 
सल्लाहकार थापाले ट्वीट गर्दै लेख्नुभएको छ, ‘पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने’जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन ।’ उहाँले अगाडि थप्नुभएको छ, ‘आजको एक दैनिकमा छापिएको यसप्रकारको समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्