मोटोपन घटाउन चाहनुहुन्छ ? रातको समयमा गर्नुहोस् मात्र यी चार काम

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ३८


एजेन्सी । आजभोलि जंग फुडको बढी सेवन, फ्याटयुक्त खाना, व्यायामको अभावजस्ता विभिन्न कारणले गर्दा मानिसहरु नचाहादा नचाहदै मोटोपनको शिकार बन्ने गरेका छन्। यदी तपाई पनि मोटोपनका कारण तनावमा हुनुहुन्छ । जति प्रयास गर्दा पनि मोटोपन घटाउन सक्नुभएको छैन् भने चिन्ता नलिनुहोस्। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जुन उपायबाट तपाई सजिलै मोटोपन घटाउन सक्नुहुनेछ। जुन टिप्स रातको समयमा नियमित रुपमा पालना गर्नु पर्ने हुन्छ।

ग्रीन टी को सेवन 
राति सुत्नुअघि ग्रीन टी पिउनुहोस्। यसले शरीरमा मेटाबलिज्म बढाउने गर्दछ, जसले रातभरमा तपाईको वजन कम गर्नमा सहयोग गर्दछ।

खुर्सानीको सेवन 
वैज्ञानिक अध्ययका अनुसार मोटोपन घटाउनका लागि खुर्सानीको सेवन गर्नु पर्दछ। सुत्नुअघि यसको सेवन भोजनमा गर्नुहोस्। यसो गर्दा तपाईको वजन लगातार घट्ने गर्दछ।

चिनी र गुलियो खाने कुरा नखानुहोस्
चिनी तथा गुलियो खाने कुराले इंसुलिन उत्पादन प्रक्रियालाई उत्तेजित गर्दछ। इंसुलिन शरीरमा मुख्य फ्याट स्टोरेज हर्मोन हुने गर्दछ। जब इंसुलिनको मात्रा कम हुने गर्दछ, तब शरीरमा फ्याटको मात्रा बढ्न सुरु गर्दछ। त्यसैले रातमा चिनी तथा गुलियो खाने कुरा नखानुहोस्।

पुरा निद्रा लिनुहोस्
खराब निद्राका कारण पनि वजन बढ्ने गर्दछ। मिठो निद्राका लागि संगीत सुन्नुहोस्, स्नान गर्नुहोस्। राम्रो निद्रा लिदा मेटाबलिज्म बढ्ने गर्दछ र यसले फ्याट उत्पादनलाई बढाउने काम गर्दछ।


प्रतिक्रिया दिनुहोस्