हिंसाका क्रममा युवाको टाउकोभित्र रड छिरेपछि…

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ५३


दिल्ली । नागरिकता संशोधन कानुनविरुद्ध दिल्लीमा केही दिनदेखि भड्किएको आन्दोलनमा पनि मृत्यु हुनेको संख्या २२ पुगेको छ।  

भारतको राजधानी दिल्लीका विभिन्न क्षेत्रमा पछिल्लो ३ दिनदेखि जारी आन्दोलनका क्रममा अहिलेसम्म २२ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। हिंसामा परेर अहिलेसम्म १८९ जना घाइते भएका छन्। 

घाइतेको जीटीबी अस्पतालमा उपचार भइरहेको बताइएको छ। डाक्टरका अनुसार अहिलेसम्म ४६ जनालाई गोली लागेर घाइते भएका छन् भने अन्य व्यक्ति कुटिएका छन्। हिंसाका क्रममा घाइते एक व्यक्तिको टाउँकोमा रड घुसेको थियो। हिंसाका क्रममा टाउकोमा रड छिरेपछि समयमै उनलाई अस्पताल पुर्याइएको थियो। 

चिकित्सकले सावधानी पूर्वक ती व्यक्तिको टाउकोबाट रड निकालेको समाचारमा उल्लेख छ। अहिले ती युवक खतरामुक्त रहेको बताइएको छ। बुधबार प्रहरीले मार्च गर्दै जनतालाई शान्त रहन अपिल गरेका छन्। 

यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शान्त रहन अपिल गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्