दिल्ली हिंसा : प्रधानमन्त्री मोदीद्वारा शान्तिका लागि अपिल

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : २३


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा तीनदिनदेखि जारी हिंसाका सम्बन्धमा पहिलोपल्ट आफ्नो धारणा प्रकट गरेका छन्।

बुधवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै 'दिदिबहिनी तथा दाजुभाइहरू' लाई 'शान्ति तथा भाइचारा कायम राख्‍न' अनुरोध गरेका छन्।

उनले राजधानी दिल्लीको विभिन्न भागको अवस्थाका बारेमा आफूले गहन समीक्षा गरेको बताउँदै स्थलमा शान्ति कायम गर्न र अवस्था सामान्य तुल्याउन प्रहरी तथा अन्य निकायहरूले काम गरिरहेको दाबी पनि गरेका छन्।

उत्तर पूर्वी दिल्लीमा ‌तीनदिनदेखि हिंसा जारी रहेको अवस्थामा भारतको विपक्षी दल कांग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधवार गृहमन्त्री अमित शाहले राजीनामा दिनु पर्ने बताएकी छन्।

यो पनि

मुस्लिमहरुको सुरक्षाको सुनिश्चितता गर्न मोदीलाई अमेरिकी आयोगको आग्रह
दिल्ली हिंसा : मस्जिदमा तोडफोड गर्दै कसले राख्यो भारतीय झण्डा ?
 


प्रतिक्रिया दिनुहोस्