समातिएको सुन बाँडेर खाएपछि १६ प्रहरी निलम्बित

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ३२


केरुङ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बित भएका छन्। 

केरुङबाट नेपाल आउँदै गरेको कन्टेनरमा सुन बरामद भएको थियो। 

उक्त सुन लिएर चालक छाडेको आरोपमा उनीहरुलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो।

बरामद सुन बाँडिचुँडी लिएको र सोको प्रमाण नष्ट हुन सक्ने संभावना देखेपछि अख्तियारले पठाएको पत्रका आधारमा उनीहरुलाई निलम्वन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडिएको थियो।

निलम्बनमा पर्नेहरु

१) प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२) प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३) प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४) प्रहरी हवल्दार रामशरण रिमाल
५) प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६) प्रहरी हवल्दार रामकाजी लामा
७) प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८) प्रहरी जवान शिव नारायण चौधरी
९) प्रहरी जवान युवराज खरेल
१०) प्रहरी जवान भविलाल रुम्बा लामा
११) प्रहरी जवान रामचन्द्र वि।क।
१२) प्रहरी जवान रिता चौधरी
१३) प्रहरी जवान मनोज आले
१४) प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१५) प्रहरी जवान तारा बहादुर प्रजा
१६) प्र.का.स हरी बहादुर श्रेष्ठ

 


प्रतिक्रिया दिनुहोस्