मुस्लिमहरुको सुरक्षाको सुनिश्चितता गर्न मोदीलाई अमेरिकी आयोगको आग्रह

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : १५


नयाँ दिल्ली । नागरिकता संशोधन ऐन (सीएए) लाई लिएर दिल्लीमा भएको हिंसा पछि शान्ति पुनर्स्थापनाका लागि प्रयासहरू भइरहेका छन्।

यसैबीच, अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ)ले भारतलाई मुस्लिमहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

आयोगले भारतमा धार्मिक अल्पसंख्यकहरुको संरक्षण गर्न मोदी सरकारलाई आग्रह गरेको छ। 

आयोगले ट्वीट गरी भनेको छ 'दिल्लीमा मुसलमानहरूमाथि भीडले आक्रमण गरेको खबरप्रति आयोग चिन्ता प्रकट गर्दछ र मोदी सरकारलाई भीडलाई नियन्त्रण गर्न र लक्षित धार्मिक अल्पसंख्यक तथा अन्यको सुरक्षा सुनिश्चित गर्न अपिल गर्दछ।'

अमेरिकीय यो संस्थाले विश्वव्यापी रूपमा धार्मिक स्वतन्त्रताको मुद्दाहरुको अनुगमन गर्ने गर्दछ।

मुस्लिम र हिन्दु समुदायबीच सोमबार देखि जारीमा हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्