दिल्ली हिंसा : मस्जिदमा तोडफोड गर्दै कसले राख्यो भारतीय झण्डा ?

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : २३


नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीमा हिन्दु र मुस्लिम समदुायबीच फैलिएको हिंसामा हालसम्म २० जनाको मृत्यु भएको छ।१ सय ६० भन्दा बढि मानिस घाइते भएका छन्।

नागरिकता संशोधन विधेयकलाई लिएर आइतबारदेखि सुरु भएको दङ्गा अझै नियन्त्रणमा आउँन सकेको छैन्।

उत्तरपूर्वी दिल्लीमा भौतिक संरचनाहरुमा समेत क्षति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दिल्लीको अशोक नगरमा एउटा मस्जिदमै तोडफोड भएको छ।

उक्त मस्जिदको अगाडिको भाग जलेको छ। मस्जिदको मिनारमा भारतको राष्ट्रिय झन्डा र सिन्दूरे रङ्गको अर्को झन्डा लगाइएको छ। सामाजिक सञ्जालमा उक्त दृश्य भाइरल बनेका छन्।

उक्त मस्जिद रहेको ठाँउका हिन्दू समुदायका मानिसहरूले मस्जिदमा क्षति पुर्याउने मानिसहरू बाहिरबाट आएकाहरू भएको बताएका छन्।

 

यो पनि

दिल्ली हिंसा : ढुङ्गाले हानेर खुफिया अधिकारीको हत्या, नालीमा भेटियो शव
 


प्रतिक्रिया दिनुहोस्