पारस खड्का महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर नियुक्त, ५१ लाखको गाडी चढ्ने

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ३९


काठमाडाैं । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेटर पारस खड्कालाई महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । एक कार्यक्रममा उहाँलाई आज अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो ।

खड्काले अब कम्पनीको महिन्द्राको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गर्नुभयाे । ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गर्नुभएकाे छ ।

खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले आफ्नो रोजाइमा महिन्द्रा परेको समेत बताउनुभयाे । यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक हुनुहुन्थ्याे ।


प्रतिक्रिया दिनुहोस्