दक्षिण कोरियामा सेनाको क्याम्पमा फैलियो कोरोना भाइरस, २० सैनिक संक्रमित

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ०६


सिओल । दक्षिण कोरियामा थप दुई सैनिकलाई कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ।

अधिकारीहरुले बुधबार थप २ जना सैनिकलाई कोरोना भाइरसको पुस्टी भएको बताएका छन्। यो सँगै कोरियामा कोरोनाबाट संक्रमित हुने सैनिकको संख्या मात्रै २० पुगेको छ । 

कोरोना भाइरस सैन्य क्याम्पमा भेटिन थालेपछि कोरियन सरकारले सैनिकहरुलाई क्याम्पभित्रै बस्न निर्देशन दिएको छ।

संक्रमितमध्ये १३ सेनाका जवान तथा ७ जना वायुसेनाका जवान रहेको बताइएको छ।

डेगु सहर स्थित एउटा चर्चबाट भाइरस फैलिएपछि करिब १० हजार सदस्यहरूलाई उनीहरूका आधारहरूमा क्वारेन्टाइनमा राखिएको समाचार संस्था योन्हापले जनाएको छ।

बुधबार सम्ममा दक्षिण कोरियामा उक्त घातक भाइरसबाट १३ सय मानिस संक्रमित भएका छन्। १२ जनाको मृत्यु भइसकेको छ । 

यो पनि

अमेरिकी सैनिकमा पनि कोरोना भाइरस देखियो
 


प्रतिक्रिया दिनुहोस्