आज शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ०४


काठमाडौँ । शेयर बजारमा आज अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । आज काराेबार बन्द हुँदासम्म ४ अर्ब १५ कराेड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँकाे काराेबार भएकाे हाे । '

आज दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका छन् । नेप्से परिसूचक पनि आज झण्डै ५१ अंकले बढेर १५ सय ९६ दशमलव १३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।

 


प्रतिक्रिया दिनुहोस्