डा. बाबुरामले भने, प्रधानमन्त्रीको संबोधनले मातातिर्थका गरिब जनताको निद्रा हरायो

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : २३


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा बाबुराम भट्टराईले दुई तिहाई सरकारको दुई वर्ष जनताका लागि हर्ष न विष्मात भएको बताउनुभएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा गरेको सम्बोधनले मातातिर्थका सुकुमबासीको रिद्रा हराम गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, 'मेरो पालाको मन्त्री परिषद्ले मातातिर्थ, महादेवथान, सतुङ्गललगायतका क्षेत्रमा मोहीहरुले कमाइउँदै आएको जग्गालाई दर्ता गरिएको निर्णय ठिक थियो की बेठिक थियो ?'

'ललिता निवास प्रकरणले धेरैलाई तर्साएको छ त्यो अर्कै प्रसंग थियो, तर मातातिर्थ क्षेत्रको जमिन छुट्टै कुरा हो। गु र गोबर छुट्टाउपर्छ,' उहाँले भन्नुभयो। 

प्रधानमन्त्रीले संसद्मा गरेको संवोधनपछि त्यहाँका स्थानीयको निद्रा हराम भएको भन्दै उहाँले ट्रष्टमा गएको जग्गा व्यक्ति विशेषलाई नबाडिएको प्रष्ट पार्नुभयो भयो । 

उहाँले भन्नुभयो, 'राजा महेन्द्रको पालमा फर्मायसी वृता (अशुली बुझाउने र मोहीहरुले खाने चलन) विपीको पालामा अन्य भएपनि ती स्थानमा जारी थिए। तर महेन्द्रले २०२६ सालमा आफ्नो हक परित्याग गरेको घोषणा गरेपछि उक्त जग्गा उनीहरुले आफ्नो बताउन सकेका थिएनन्। त्यही जग्गालाई मेरो पालाको मन्त्री परिषद्ले उनीहरुलाई दिलाएको थियो।' 


प्रतिक्रिया दिनुहोस्