एजेन्सी । एक प्रेमीले आफ्ना लागि प्रेमिका खोजिदिने व्यक्तिलाई २८ लाख पुरस्कार दिने घोषणा गरेका छन्। यो घटना अमेरिकाको हो। अमेरिकी एक व्यवसायीले आफ्ना लागि प्रेमीका खोजिदिने व्यक्तिलाई २८ लाख पुरस्कार दिने घोषणा गरेका हुन्।
जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिनेलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन्। आफ्ना राम्रा र नराम्रा दुबै पक्षसँग माया गर्ने प्रेमीका आफ्ना लागि चाहिएको उनको दाबी छ।
उनले भनेका छन्, सम्बन्धमा धेरै नै सहयोग हुनुपर्छ। त्यसका लागि खुला दिल, माया र मस्तीमजक गर्ने प्रेमीको आवश्यकता छ।
उनले प्रेमीका खोज्ने यो अभियान कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने बताएका छैनन्।