काठमाडौँ । आज पनि काठमाडौँसहित देशका विभिन्न स्थानमा बदलीसहित वर्षाको सम्झावना रहेको छ।
पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा बदलीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै भोलि पनि देशभर बदली तथा पश्चिमी भू-भागका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
फागुन १० गते (शनिबार)
दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ |
फागुन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
फागुन १२ गते (सोमबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।
रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ।