काठमाडौँ । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ।
मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आवश्यक हुने भएकोले यसको सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो।
रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो। यो मिथेन ग्यास हो। निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ।
भट्टराई भन्नुहुन्छ, नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौँ।
समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ। निगमका अनुसार गोरखपुरसम्म ग्यासको पाइपलाइन आउँदै छ। गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ।