नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा सुनखानी भेटिएको छ।
उत्तर प्रदेशको सोनभद्र जिल्लामा सयौं टन सुन जमिन भित्र गाडिएको अवस्थामा रहेको भारतीय अधिकारीहरुले बताएका छन्।
भारतीय खनिज विभागले उक्त कुराको पुष्टि गर्दै छिट्टै उक्त सुन निकाल्न उत्खनन सुरु गर्ने जनाएको छ।
सोनभद्र जिल्लाको सोन पहाड र हरदी क्षेत्रमा सुनखानी भेटिएको पुस्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सोनभ्रद जिल्लाको सोन पहाडमा २९४३.२५ टन र हरदी क्षेत्रमा ६४६.१५ किलो सुनको भण्डार रहेको बताइएको छ।
भूतत्व एवं खनिज विभागले शुक्रबार उक्त कुराको पुस्टि गरेको छ।
यसअघि सरकारले सुनखानीको पुष्टि गर्न ७ सदस्यीय समिति बनाएको थियो। त्यो समितिले पनि सुनखानी रहेको प्रतिवेदन दिएको थियो।
हाल भारतसँग ६ सय १८ टन सुन रिजर्भ रहेको बताइन्छ। जमिनभित्र रहेको भनिएको उक्त सुन निकाल्न सके भारत सुनमा विश्वमै सबैभन्दा बढि सुन हुने देशमा दोस्रो बन्न सक्छ।
सुनखानी भेटिएको समाचारले उत्तर प्रदेशका स्थानीयमा खुशियाली छाएको छ।
हाल विश्वमा अमेरिकासँग सबैभन्दा धेरै ८,१३३.५ टन सुन रहेको छ। दोस्रो नम्बरमा जर्मनीसँग ३,३६६ टन रहेको छ। यस्तै,तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ।
उक्त ठाँउमा सुन रहेको समाचार बाहिरिएपछि उत्तर प्रदेशका हरदी गाउँ, महुली लगायतका गाँउका स्थानीयहरु रोजगारी पाउने कुराले खुशी बनेका छन्।
भारतीय भूगर्भीय सर्वेक्षण विभाग (जीएसआई)ले यस बिषयमा १५ बर्षदेखि अनुसन्धान गरिरहेको बताइएको छ ।
उक्त स्थानमा सुन रहे/नरहेको बारे जीएसआईले सन २००५ बाटै अध्ययन सुरु गरेको थियो ।
त्यसबेलाको उक्त वस्तु धातु रहेको विवरण आएका थिए। त्यसपछि सन् २०१२ मा फेरि जियोलिजिकल सर्वे अफ इन्डियाले अध्ययन थालेको थियो। उक्त टोलीले सोनभ्र पहाड र हरदीमा ठूलो परिमाणमा सुन रहेको पत्ता लगाएको हो।