इतिहास र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ०६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने बताउनुभएको छ।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुग्नुभएका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताउनुभएको हो। प्रधानमन्त्री ओलीले पुर्खाहरुका कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताउनुभयो।

दहचोक पुगेर ओलीले एकिकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गर्नुभएको छ। उहाँले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गर्नुभएको छ।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको बताउनुभयो।

विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उहाँले बताउनुभयो।

आफु पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताउनुभयो।

हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताउनुभयो।

ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गर्नुभएको छ।

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओली शुक्रबार दहचोकमा भने त्यो विषयमा बोल्नुभएन् । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गर्नुभएकोमा शुक्रबार भने त्यो विषयमा पनि बोल्नुभएन्। 

प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोल्नुभएको थियो । अधिकांश समय उहाँले कालु पाँडेको प्रशंंसा गर्नुभएको थियो । भूकम्पपछिको पूनर्निमाणका विषयमा बोल्नुभएको थियो। 


प्रतिक्रिया दिनुहोस्