अगारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउदो सोमबार २ दिने भ्रमणका लागि पहिलो पटक भारत आउँदैछन्।
उनको भ्रमणका लागि भारतले सबै तयारी गरिसकेको छ।
भारत आएपछि ट्रम्प पहिलो यात्राको रूपमा अहमदाबाद जानेछन्। त्यहाँ कार्यक्रममा भाग लिएपछि उनी आगरा जाने छन्।
अगरामा ट्रम्प आफ्नी पत्नी मेलानियासँग ताजमहलको भ्रमण गर्ने छन्। ताज महलको भ्रमणपछि उनीहरु नजिकैको होटल अमर विलासमा बास बस्ने छन्।
भारतीय अधिकारीका अनुसार ट्रम्पको घण्टाको कार्यक्रमको विवरण अझै प्राप्त भएको छैन, तर सबै तयारीहरू भइरहेको छ।
ट्रम्पको आगरा भ्रमणमा विशेष गरी ताज महलको नजिकै बग्ने यमुना नदी बारे बिशेष चर्चा भइरहेको छ। धार्मीक महत्व बोकेको उक्त यमुना नदीमा मानिसहरुले फोहोर फाल्नाले निकै प्रदूषित बनेको छ। उक्त नदिको फोहोर सफा गर्न भारतले गंगाको यमुनामा छाडेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उक्त नदि यति फोहोर बनेको छ कि गन्धले किनारमा उभिन नसक्ने स्थिती छ। फोहोर र गन्ध बगाउन पानी छाडिएको हो। उक्त नदिमा पानि समेत कम रहेकाले गंगाको पानि छाडिएको हो।
ट्रम्पको भ्रमणलाई ध्यानमा राख्दै उत्तर प्रदेशको योगी सरकारले भरपुर तयारी गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रिविश कुमारका अनुसार ट्रम्प अहमदावादबाट सोमबार दिउसो साढे ४ बजे अगरा आइपुग्नेछन्। अमेरिकी राष्ट्रपति ट्रम्प र फस्र्ट लेडी मेलानिया करिब १ घण्टा ताज महलमा रहने छन्।
उनीहरूका लागि आगरा एयरपोर्टदेखि ताजमहलसम्म सीसीटीभीहरू जडान गरिएको छ भने सुरक्षा व्यवस्था कडा गरिएको छ। त्यस पछि ट्रम्प दिल्लीको लागि प्रस्थान गर्नेछन्।
भोलिपल्ट अर्थात् २५ फेब्रुअरी को बिहान उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। भारतभ्रमणका क्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्ने छन्।