शिवरात्रिमा डोरी राखेर पैसा मागिरहेका बालकलाई बसले किच्दा मृत्यु

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ५८


दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ।

कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा ४ ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो ।

ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ। 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। आज शिवरात्रिका दिन सडकका विभिन्न स्थानमा बाटो छेकेर रकम उठाउने गरिन्छ।

 


प्रतिक्रिया दिनुहोस्