महिलाले भायोलिन बजाइरहिन्, डाक्टरले टाउको खोल्दै ट्युमर हटाए

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : २४


एजेन्सी । दिमागको सर्जरी भन्नै बित्तिकै धेरै मानिसहरूका रौं ठाडा हुने गर्छन्।

तर, बेलायतको लण्डनमा भने एक महिला यस्ती छन् जो आफ्नो दिमागको सर्जरी भइरहेका बेला पनि भायोलिन बजाएर बसिन।

५३ बर्षिया डैगमार टर्नरलाई केहि समय अगाडि दिमागमा ट्युमर भएको थियो।

लण्डनको किंग्स कलेज हस्पिटलमा भर्ना भएकी उनलाई प्रोफेसर कियोमार्स अशकन र उनको टिमले अपरेसन गरिरहेको थियो।

पूर्व प्रबन्धक सलाहकार डैगमार पछिल्लो विगत ४० वर्षदेखि भायलिन बजाउँदै आएकी छन्। उनको दिमागको दायाँ भागमा ट्युमर भएको हो।

जब डाक्टर र उनको टिमले दिमागको ट्युमर निकालिरहेका थिए उनी क्लासिक जैज गीत समर टाइमको सङ्गीत धुन बजाएर बसेकी थिइन्।

सर्जरीका दौरान कसैले संगीत बजाउँदै गरेको घटना पहिलो पटक देखेको भन्दै चिकित्सकहरूनै आश्चर्यमा परेका थिए।

डागमार टर्नरले आफू १० वर्षको उमेरदेखि नै भायोलिन बजाउन थालेको बताइन् ।  

उनले भनिन् जब मैले यो ट्युमरको कारणले मेरो दिमागको बाँया भागमा पक्षाघात हुने सुने। म अब भायोलिन बजाउन नसक्ने हुन्छु कि भनेर धेरै निराश थिए। 

शल्यक्रिया गरेका प्रोफेसर कियोमार्स अश्कनले शल्यक्रिया पछि सबै ठीक नहुन सक्ने बताएका थिए । 

'मैले मेमोरी पनि गुमाउन सक्थे। त्यसैले मैले सोचे कि मैले कम्तिमा शल्यक्रियाको बेला भायोलिन बजाउनु पर्छ।' उनले भनिन्


प्रतिक्रिया दिनुहोस्