जर्जटाउन । अमेरिकाको कालोराडो स्थित जर्जटाउनमा एक कुकुर मेयर बनेका छन्।
पार्कर डग (ध्रुवीय कुकुर) लाई जर्जटाउनमा मेयर बनाइएको हो। बोर्डका सदस्यहरूले पार्करका लागि ११ फेब्रुअरीमा मतदान गरेका थिए।
काउन्टिमा करिब १ हजार मानिसको बसोबास रहेको बताइएको छ।
मेयर बनेका पार्करको लागि बुधबार जर्जटाउन कम्युनिटी सेन्टरमा एक समारोह समेत आयोजना गरिएको थियो।
उक्त अवसरमा प्रहरी र न्यायाधीश लिनेट केल्सेले उनलाई शपथ खुवाएका छन्। कार्यक्रममा स्थानीयसँगै कुकुर प्रेमिहरुको समेत सहभागिता रहेको थियो।
पार्कर मेयरले यसअघि लवल्याण्डको स्की क्षेत्र तथा रकी माउन्टेनको गाउँमा रहेको एउटा थेरापी क्याम्पमा पनि काम गरिसकेको बताइएको छ।