काठमाडौं । विशेष गरेर आज महाशिवरात्रिको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय केही देशहरूमा वैधानिक बन्दै गएको छ ।
गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।
–शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।
–निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग गरिन्छ ।
–गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ ।
–अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ ।
–मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ ।
–बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको छ ।
–क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ ।
–‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ । यी दुवैमा गाँजाको कण हुन्छ ।