सुनको मूल्यमा आज हालसम्मकै नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : २४


काठमाडौं । सुनको भाउ उच्च रुपले बढेर आज हालसम्मकै ऐतिहासिक उचाइ ७८ हजार १ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रति तोलमा ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन ७७ हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै आज तेजावी सुन तोलामा ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यता शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला ९१५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि चाँदी प्रति तोला ९१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्