काठमाडौं । नेपाल विद्युत प्रधिकरणले विद्युत नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेका छ । विधुत प्राधिकरणले प्रस्ताव गरेको प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटि (टाइम अफ डे) ६६ केभीमाफर्त आपूर्ति गर्ने, उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ ।
इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझा ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५० , अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । विगतमा डेडिकेटेड फिटर लिएका ग्राहकलाई दोब्बर दस्तुर तोके पनि यसबारे सार्वजनिक विवरणमा कुनै उल्लेख छैन ।
-कारोबार दैनिक