कोही किन भ्रष्ट हुन्छ ?

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : ५३


काठमाडौँ । बेलायती इतिहासविद्, लेखक तथा राजनीतिज्ञ जोन एक्टनको प्रसिद्ध कथन छ, ‘शक्ति (सत्ता) भ्रष्ट हुन्छ, पूर्ण शक्तिले पूर्ण भ्रष्टाचार गर्छ ।’ यहाँ एक्टनले भनेको शक्ति सत्ता वा पदको हो । पदमा नरहँदा इमानदार लाग्ने हाम्रा नेता र कर्मचारी जति माथिल्लो निकायमा पुग्छन्, उति भ्रष्ट हुने सम्भावनाबाट गुज्रिन्छन् ।

अघिल्लो साता मात्रै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार मन्त्रीविरुद्ध अख्तियारले ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गर्‍यो । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध अकुत सम्पत्तिको अनुसन्धान गर्न प्रतिनिधिसभा राज्यव्यवस्था समितिले गत साता मात्रै सरकारलाई सिफारिस गरेको छ । यो प्रसंग सेलाउन नपाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको अडियोले बजार तताएको छ ।

आमबुझाइ के छ भने, गच्छदार र बाँस्कोटाहरू मौका, परिस्थिति बिग्रनाले उजागर हुन पुगेका भ्रष्ट प्रवृत्तिका पात्र मात्रै हुन्, छानबिन हुने हो भने पद दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउनेहरूको सूची धेरै लामो हुन्छ । बाँस्कोटाले केही दिनअघि मात्रै संसद्मा आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका थिए । बोली र व्यवहारमा यस्तो अन्तर आउनुलाई मनोविज्ञानले एक विकारका रूपमा अर्थ्याउने गरेको छ । 
-कान्तिपुर दैनिक


प्रतिक्रिया दिनुहोस्