‘विप्लव प्रकाउ’ भन्दै किन हल्ला फैलियो ?

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ५ : १५


काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' पक्राउ भन्दै हल्ला फैलिएको छ।

सामाजिक सञ्जालमा धेरैले 'विप्लव गिरफ्तार परेको अपुष्ट खबर' भन्दै पोष्ट सेयर गरेको देख्न सकिन्छ।

कतिपयले स्रोतको हवला दिँदै 'विप्लव भारतमा पक्राउ' परेको पोष्टमा उल्लेख गरेका छन्।

'विप्लव गिरफ्तार'भन्ने अपुष्ट सुचना कहाँबाट आयो भन्नेबारे कसैले केहि खोलेका छैनन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बर्खास्त भएकै दिन यस्तो खबर सामाजिक सञ्जालमा आएको हो।

विप्लव नेकपा निकटहरुका अनुसार सरकारी अधिकारीहरुले नै अहिले भइरहेको विरोधबाट ध्यान मोड्न यस्तो हल्ला फैलाएका हुन् हुनसक्छन।

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि सुरक्षाफौजको सर्वाधिक खोजी सूचीमा विप्लव रहेका छन्।

के छ सामाजिक सञ्जालमा सेयर भएका पोष्टमा ? हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्