एजेन्सी । अमेरिकी एक जना धनाढ्य जेफ गाबहार्टले गर्लफ्रेण्ड खोज्नकै एक डेटिंग वेबसाइट खोलेका छन्।
र उनले आफ्ना लागि प्रेमिका भे्टाउन सक्ने व्यक्तिलाई २५ हजार अमेरिकी डलर पुरुष्कार दिने घोषणा समेत गरेका छन्।
४७ वर्षीय जेफ हार्टलाई आफूजस्तै प्रेम गर्ने युवती चाहिएको छ। डेटजेफ डटकम नामक उक्त वेवसाईटमा युवतीहरुले अप्लाई गर्न सक्छन्।
उक्त अनलाई गएर सर्वेक्षण फर्म पूरा भर्नु पर्ने बताइएको छ। निवदेकहरुमध्ये उनले एक जनालाई छनोट गर्नेछन्।
पछिल्लो समय विश्वका केहि धनाढ्यहरुले जिवनसाथी खोज्न भन्दै वेवसाइट खोज्ने चलन बढ्दो छ। केहि समय अघि चन्द्रमा घुम्नका लागि जापानका धनाढ्यले युवतीलाई निवेदन दिन आव्हवान गरेको समाचार भाइरल बनेको थियो